KXIP vs DC, IPL 2019: सन्दिप लामिछानेलाई टिममा पर्न चुनौती धेरै । - GadgetngizmoGuru

KXIP vs DC, IPL 2019: सन्दिप लामिछानेलाई टिममा पर्न चुनौती धेरै ।

Share This
Kings XI Punjab vs Delhi Capitals
Venue: Punjab Cricket Association IS Bindra Stadium,Mohali
Date: April 1, 2019 
(Today)
Time: 8:15 PM NPT


Sandeep against Kolkata Knight Riders

Over 1: 0 0 0 0 0 1

Over 3: 1 0 0 W 4 1
(wicket of Nikhil Naik)

Over 9: 2 (run-out) 1 0 1 1 0
(run out Gill)

Over 11: 0 0 4 1 6 6

सन्दिप लामिछाने ले आफ्नो पहिलो ओभरमा जम्मा १ रन दिएका थिए ।

सन्दिप लामिछाने ले आफ्नो दोस्रो ओभरको चौथो बलमा Nikhil Naik लाई LBW आउट गरेका थिए र जम्मा ६ रन दिएका थिए। बिपक्षी टिमलाई सुरुवाती दबाब दिन Sandeep Lamichhane सफल भएका थिए।

उनको तेस्रो ओभरको पहिलो बलमा Subham Gill रन आउट भएका थिए र जम्मा ५ रन खर्चेका थिए ।

अन्तिम ओभरमा Andre Rusell ले उनको बलमा २ छक्का र एक चौका हानेका थिए र अन्तिम ओभरमा उनले १७ रन खर्चेका थिए।


सन्दिप लामिछाने लाई चुनौती

अघिल्लो KKR सँगको खेलमा Rahul Tewatia र Axar Patel लाई बेन्चमा राखेर Sandeep Lamichhane लाई मौका दिएको थियो। स्पिनको कमी देखियो भन्दै Delhi Capitals लाई मिडिया र खेल विश्लेषकले आलोचना गरेको थियो।

Rahul Tewatia २०१८ मा ३ करोड मा Delhi ले टिममा भित्राएको थियो भने Axar Patel यसै वर्ष ५ करोडमा Delhi ले खरिद गरेको हो।

Sandeep Lamichhane ले आफ्नो पहिलो मौकामा नै उत्कृष्ट प्रदर्शन गर्न सफल भए । टिमका लागि पहिलो विकेट दिलाएका उनले ३ ओभर सम्म जम्मा १२ रन दिएका थिए। अन्तिम ओभरमा भने उनी थोरै महंगा साबित भए र १७ रन खर्चे।

Sandeep Lamichhane लाई टिममा रहनको लागि सधै उत्कृष्ट प्रदर्शन गर्न जरुरी छ किनकी Delhi Capitals संग करौडौ खर्च गरेका खेलाडीहरु छन्। पहिलो २ म्याचमा खेल्न नपाएका Sandeep Lamichhane लाई Axar Patel र Rahul Tewatia को खासै प्रदर्शन गर्न नसके पछि टिममा मौका दिएको हो।

आज Delhi Capitals को खेल Kings XI Punjab संग उसकै मैदानमा रहेको छ। Sandeep Lamichhane ले आज मौका पाउने पक्का जस्तै छ र उत्कृष्ट प्रदर्शन गर्न पनि जरुरी देखिन्छ। आज पनि उत्कृष्ट प्रदर्शन को शुभकामना Sandeep Lamichhane लाई ।

Predicted Playing XI for Delhi Capitals

Cricbuzz


Espncricinfo

No comments:

Post a Comment

';

Pages